
पूर्णपुष्टि, साउन २६
त्रियुगा नगरपालिका भरी दुई दिन विद्युतमा समस्या हुने भएको छ । केहि विद्युत मर्मत तथा वरपर रहेका रुखका हाँगाहरु काट्नु पर्ने भएकाले दुई दिन नियमित विद्युत आपूति आपूर्तिमा समस्या हुने भएको नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्रले जनाएको छ ।
कार्यालयले एक सूचना प्रकाशन गर्दै यस अबधिमा ग्राहकहरुमा पर्न गएको असर प्रति क्षमा प्राप्ती माग्दै समस्या बारे जानकारी गराएको हो ।
