त्रियुगा नगरको सामाजिक विकास समितिको जिम्मेवारीमा पुनः अध्यक्ष राई, नगरबासीको आवश्यकता र मर्मअनुरुप काम गर्ने प्रतिबद्धता

पूर्णपुष्टि, कात्तिक ११
त्रियुगा नगरपालिकाको सामाजिक विकास समिति संयोजकको जिम्मेवारी पुनः वडा नं. १६ का वडाध्यक्ष मानबहादुर राईले सम्हालेका छन् । दुईदिन अघिदेखि अध्यक्ष राईले सो जिम्मेवारी सम्हालेका हुन् ।
यसअघि पनि सो जिम्मेवारी सम्हालेको कार्यअनुभवको आधारमा अध्यक्ष राईलाई मेयर बलदेव चौधरीले कार्तिक ८ गते सो समितिको संयोजकको जिम्मेवारी प्रदान गरेका हुन् । उनले जिम्मेवारी पाएपछि मातहतको कर्मचारीहरुसंग बैंठक गरी काम, कारवाही अगाडी बढाएका छन् । उनले सामाजिक विकास अन्तर्गत शिक्षा, स्वास्थ्य, पशु, कृषी, सामाजिक सुरक्षा लगायतका शाखाहरुलाई सक्रिय बनाई काम अगाडी बढाउने बताएका छन् ।

अध्यक्ष राईले जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुसंग बसेको बैठक

मेयर चौधरीले बीचमा सो समितिको संयोजकमा वडा नं. ११ का अध्यक्ष विश्वराज भट्टराईलाई जिम्मेवारी प्रदान गरेका थिए । हाल अध्यक्ष भट्टराईलाई जिम्मेवारी मुक्त गरी पुनः उनलाई जिम्मेवारी प्रदान गरेका हुन् । यसअघि संयोजक रहदा थुप्रै ऐन, निति, नियम र कार्यक्रमहरु गरेका राईसंग विषयगत अनुभव र दक्षता रहेको छ । उनको नेतृत्वबाट नगरमा स्थानीय तहमा विषयगत क्षेत्र शिक्षा, स्वास्थ्य, लैंगिक समान्ता, समावेशीकरण, युवा तथा खेलकुद विकास सम्बन्धी निति, ऐन, कानुन निमाृण भएको छ । शिक्षातर्फ नगर शिक्षा ऐन शिक्षा नियमावी, नगरस्तरीय कक्षा ८ को परिक्षा संचालन कार्यविधि निर्माण भएको छ । स्वास्थ्यतर्फ स्वास्थ्य संख्या संचालन व्यवस्थापन र अनुगमन सम्बन्धी कार्यविधी बनेको छ । लैंगिक समानता र समावेशीकरणतर्फ नगरको लैंगिक निति तर्जुमाको थालनी भएको छ । बालमैत्री स्थानीय शासन सम्बन्धी र्काविधि तर्जुमा र वालमैत्री वडा घोषणाको काम भएको छ । बाँकी वडा नं. १, १३, १४ र १६ पनि बालमैत्री घोषणाउन्मुख छ ।

शैक्षिक गुणस्तर सुधारका लागि नगरस्तीय शैक्षिक सम्मेलन सम्पन्न गरी ५६ बुँदे राजाबास घोषणापत्र जारी गर्न संयोजन गरेका उनले सामाजिक स्वास्थय सेवामा सुधारका कामहरु गरेका छन् । करिब ६५ प्रतिशत शिक्षक दरबन्दी मिलानको कार्य सम्पन्न भएको छ । एक वडा एक स्वासथय संस्थाको स्वापना भएको छ । स्वास्थ्य संस्था प्रसुती केन्द्र, ल्याव सेवाको विस्तार भएको छ । हाल नगरभित्र ६ वटा स्वास्थ्य चौकी र १४ आधारभुत स्वास्थय सेवा केन्द्र सन्चालनमा छन् । नगर खेलकुद विकास समितिको गठन र कार्यालयको स्थापना भएको छ । लैंगिक विभेद कम गर्न छोरी जन्मेर ३५ दिनमा घटनादर्ता गराएमा प्रोत्साहन स्वरुप एकहजार रुपैया पाउने कामको सुरुवाती गरिएको पालिकाले जनाएको छ ।

अवका दिनमा पत्ति समिति अन्तर्गतका विषयगत कामहरु प्रभावकारीढंगले अगाडी बढाउने उनले बताएका छन् । नगरबासीको आवश्यकता र मर्मलाई बुझेर काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । “म जनताको प्रतिनिधिको नाताले र जिम्मेवारी पाएको हैसियतले नगरबासीको आवश्यकता र मर्म अनुरुप काम गर्न प्रतिबद्ध छु ।” संयोजक राईले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: