Monday, May 4News That Matters

त्रियुगा नगरपालिकाद्धारा कार्यरत कर्मचारी राईको निधनमा शोक बिदा

पूर्णपुष्टि, असार २८ गते । उदयपुरको त्रियुगा नगरपालिकामा कार्यरत कर्मचारी कौलाश राई भनिने युवराज राईको असमसामयिक निधनमा पालिकाले शोक बिदा दिएको छ ।

त्रियुगा नगरपालिकाले असार २७ गते एक सुचना जारी गर्दै असार २८ गते बिहिबार शोक बिदा दिने जानकारी दिएको हो । नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत बिष्णु भक्त सिक्देलले निकालेको सुचनामा त्रियुगा नगरपालिकाको कार्यालय, मातहतका सबै वडा कार्यालयहरु र स्वास्थ्य संस्थामा आकस्मिक सेवा बाहेक शोक बिदा दिईएको जनाएको छ ।

त्रियुगा नगरपालिकाको सडकलाईनमा कार्यरत कर्मचारी राईको काम गर्ने क्रममा करेन्ट लागी बुधबार मृत्यु भएको थियो । त्रियुगा नगपालिका ४ बगाहा घर भएका ४० बर्षीय राई सोही वडाको फर्सेटस्थित सडकको बिजुली पोलमा काम गर्ने क्रममा अचानक करेन्ट लाग्दा घाईते भएका थिए । घाईते राईलाई तत्काल उपचारको लागी जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा उनको साढेँ ३ मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो ।