Thursday, April 23News That Matters

त्रियुगा नगरपालिकाद्वारा सामुदायिक विद्यालयका शिक्षकहरूलाई अन्यत्र काम गर्न रोक

पूर्णपुष्टि, असार १८ ।
त्रियुगा नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक(शिक्षिकाहरूलाई अन्य शैक्षिक संस्थाहरूमा काम गर्न रोक लगाएको छ। नगर प्रमुख बसन्त कुमार बस्नेतद्वारा जारी गरिएको पत्रमा सामुदायिक विद्यालयका शिक्षकहरूले आफू कार्यरत विद्यालय बाहेक अन्य कुनै पनि क्याम्पस, इन्स्टिच्युट वा निजी विद्यालयहरूमा ९ं२ समेत० कुनै पनि समयमा अध्यापन लगायत अन्य काममा संलग्न हुन नपाउने उल्लेख गरिएको छ।
यो निर्णय शिक्षा ऐन २०२८ को दफा १६ च को उपदफा ९१० र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्देशनको आधारमा गरिएको बताइएको छ। पत्रमा उल्लेख भए अनुसार, यो निर्णय उल्लंघन गरेको पाइएमा सम्बन्धित शैक्षिक संस्था र शिक्षकहरू दुवैलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।
नगरपालिकाले सबै सम्बन्धित शैक्षिक संस्थाहरूलाई यो निर्णय तत्काल कार्यान्वयन गर्न र यदि कुनै सामुदायिक विद्यालयका शिक्षकहरू अन्यत्र कार्यरत छन् भने उनीहरूलाई तत्काल हटाउन निर्देशन दिएको छ। साथै, यस निर्णयको पालना भए(नभएको बारे नगरपालिकालाई जानकारी गराउन समेत अनुरोध गरिएको छ।
यो कदमले स्थानीय शिक्षा प्रणालीमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ। यसले सामुदायिक विद्यालयहरूमा शिक्षकहरूको उपस्थिति र कार्यसम्पादनमा सुधार ल्याउने र शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष्य राखेको देखिन्छ।