
पूर्णपुष्टि, जेठ ६ । उदयपुरको त्रियुगा नगरपालिकाले नगर क्षेत्र भित्रका स्वास्थ्य संस्थाको अनुगमन गरेको छ । आईतबार त्रिनपाका उप–प्रमुख महेश्वरी राईको नेतृत्वमा गरिएको अनुगमनमा धेरै जसो स्वास्थ्य संस्थाले नगरपालिकामा दर्ता नै नगरी संञ्चालन गर्दै आएको पाईएको छ ।
आज दिउँसो ३ बजे देखी नगरपालिकाले फार्मेसी, मेडिकल, क्लिनिक–पोलिक्लिनिक र आयुर्वेद गरी ११ वटा स्वास्थ्य संस्थामा अनुगमन गरेको थियो । अनुगमनको क्रममा धेरै जसो स्वास्य संस्थामा औषधी भण्डारन, फोहोर व्यवस्थापन र नविकरण तथा कागजी प्रकृयामा क्रुटि देखिएको उप–प्रमुख महेश्वरी राईले बताईन् ।
त्रिनपाको स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्कीले अनिस आयुर्वेद पसल, शिवशक्ती मेडिकल, विश्वास मेडिकल, कटुवाल मेडिकल, रौता मेडिकल हल, रौता अस्पताल, मेडिकेयर पोलिक्लिनिक र अनिस आयुर्वेद पसलले नगरपालिका स्वास्थ्य शाखामा नविकरण नगरी संचालन गर्दै आएको बताएका छन् । साथैँ रौता मेडिकल, रौता अस्पताल र ओम मनकामना फर्माले नविकरण सँगै म्याद गुज्रेको औषधीको प्रयोग र व्यवस्थापनमा लापरवाही गरेको पाईएको स्वास्थ्य निरिक्षक कार्की बताए । अनुगमनको क्रममा स्वास्थ्य संस्थाहरुलाई न्युनतम मापदण्ड पुरा गर्नका लागी निदेर्शन दिईएको छ भने नविकरणका लागी ७ दिनको म्याद दिईएको छ । यदी उक्त समयावधि भित्र नविकरण नगरेमा शिलबन्दी गर्ने चेतावनी समेत नगरपालिकाले दिएको छ ।
यस्तै त्रियुगा मेडिकल र जित केशव मेडिकलले कागजी प्रकृया, तथा व्यवस्थापनमा राम्रो गरी स्वास्थ्य संस्था संचालन गर्दै आएको पाईएको छ । यी दुई स्वास्थ्य संस्थाले नमुना स्वास्थ्य संस्थाको रुपमा प्रस्तुत गर्दै आएको देखिएको छ । अनुगमनमा डा. निर्मला चौधरी मेडिकल अधिकृत, त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष रमेश रसाईली, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ना.सु. कुमार बहादुर राई, त्रिनपाका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक उपेन्द्र कार्की, नगर प्रहरी लागएतको उपस्थिति रहेको थियो ।