Sunday, May 3News That Matters

त्रियुगा नगरलाई लागुपदार्थ मुक्त्त बनाउन लागिरहेका छौँ : मेयर बस्नेत

पूर्णपुष्टि, फागुन ५ । त्रियुगा नगरपालिकाका नगर प्रमुख बसन्त कुमार बस्नेतले नगरलाई लागुपदार्थ मुक्त बनाउन लागिरहेको बताएका छन् । शुक्रबार दोस्रो प्रदेश महोत्सवमा जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागुऔषध नियन्त्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानलाई सम्बोधन गर्दै मेयर बस्नेतले सो कुरा बताएका हुन् ।

जबसम्म युवाहरुलाई स्वच्छ, तन्दुरुस्त बनाउँन सकिदैँन तबसम्म स्वच्छ समाजको निर्माण हुन नसक्ने बस्नेतले बताए । लागुपदार्थबाट युवाहरुलाई टाढैँ राख्न, लागुपदार्थको सेवनमा कोही युवाहरु छ भने त्यसलाई पनि समाजमा पुर्नस्थापित गर्ने उदेश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताए । त्रियुगा नगरपालिकाबाट सुरु भएको “आई डियर नो ड्रग्स” अभियान जिल्लाभर सञ्चालन भईरहेको समेत उनले बताए ।