Sunday, May 3News That Matters

लागुऔषध दुव्र्यसनको दलदलबाट निष्किन सकिन्छ : उपमेयर महेश्वरी राई

पूर्णपुष्टि, फागुन ५ । त्रियुगा नगरपालिकाका उपमेयर महेश्वरी राईले लागुऔषध दुव्र्यसनको दलदलबाट निष्किन सकिने बताएकी छिन् । शुक्रबार दोस्रो प्रदेश महोत्सवमा जिल्ला प्रहरी कार्यालय उदयपुरले संञ्चालन गरेको लागुऔषध नियन्त्रण प्रयास कार्यक्रम (आई डियर नो ड्रग तथा से नो टु ड्रग) अभियानलाई सम्बोधन गर्दै उपमेयर राईले सो कुरा बताएकी हुन् ।

उदयपुर जिल्लामा लागुऔषध दुव्र्यसन ठुलो समस्याको रुपमा रहेको र आई डियर नो ड्रग्स क्याम्पियको लागी महोत्सवमा आएका आशिष राना मगर उर्फ (लाउरे) को उदाहरण दिदैँ युवा, युवतीहरु दुव्र्यसनको दलदलबाट मुक्त हुन सक्ने बताईन् । त्रियुगा नगरपालिकाको समृद्धि र विकासको लागी भौतिक पुर्वाधार मात्र नभएर एउटा सक्षम, सवल युवायुवतीहरु पनि हुनुपर्ने बताईन् ।

सुसर्जित र सभ्य नागरिक उत्पादन गर्न सक्छौँ भन्ने उदेश्यका साथ त्रियुगा नगरपालिकाले लागुऔषध विरुद्धको अभियान ५ महिनाबाट सञ्चालन गर्दै आएको बताईन् । जानी नजानी धेरै युवा युवतीहरु दुव्र्यसनको दलदलमा फसेको र यो दलदलबाट निष्किन सकिन्छ भन्नको लागी महोत्सवमा आई डियर नो ड्रग्स अभियान सञ्चालन गरीएको बताईन् ।