Friday, February 7News That Matters

त्रियुगा नमुना माविले जित्यो तेस्रो त्रियुगा मेयर रनिङ शिल्डको उपाधि

पूर्णपुष्टि, पुष १५ । तेस्रो त्रियुगा मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधि त्रियुगा नमुना मध्यामिक विद्यालयले जितेको छ । त्रियुगा नमुना मा.वि.ले ११ स्वर्ण, १० कास्य र ६ रजत सहित २७ पदक सहित पहिलो हुँदै उपाधि जितेको हो ।

त्रियुगा नगरपालिका ५ देउरी स्थित जनता माध्यामिक विद्यालयको खेलकुद मैदानमा संचालित रनिङ शिल्डको विजेताले नगद रु. १५ हजार सहित शिल्ड ट्रफी र प्रमाणपत्र हात पारे । यो जितसँगै त्रियुगा नमुना मा.वि. ले तेस्रो पटक मेयर रनिङ शिल्डको उपाधि जित्दै ह्याट्रिक गरेको छ ।

त्यस्तै प्याराडाईज अंग्रेजी बोर्डिङ स्कुल ११ स्वर्ण, ६ कास्य र १६ रजत सहित दोस्रो भएको छ । दोस्रो भएको प्याराडाईजले नगद रु. १० हजार सहित शिल्ड ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै जनता मा.वि. श्रीपुर ६ स्वर्ण, २ कास्य सहित तेस्रो भएको छ । श्रीपुरले रु. ७ हजार ५ सय सहित शिल्ड ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ ।

‘स्वास्थ्यको लागी खेलकुद राष्ट्रको लागी खेलकुद’ खेलकुद हाम्रो सान, स्थानिय खेलाडी उत्पदानमा हाम्रो अभियान, भन्ने मुल नाराका साथ संचालित रनिङ शिल्डमा संस्थागत र सामुदायिक गरी ३८ वटा विद्यालयको सहभागिता रहेको थियो । रनिङ शिल्डमा ५ विद्याका खेल समावेश गरिएको थियो, जसमा भलिबल (महिला–पूरुष), कबड्डी (महिला–पूरुष), एथ्लेटिक्स, तेक्वान्दो र कराते रहेको थियो । तेस्रो त्रियुगा मेयर रनिङ शिल्ड पुष ११ गतेदेखी १४ गतेसम्म सञ्चालन गरिएको थियो ।