त्रियुगा बसपार्कमा यात्रु सहायता कक्ष संञ्चालन

पूर्णपुष्टि, असोज १७
जिल्ला प्रहरी कार्यालय उयदपुर र ट्राफिक प्रहरी उदयपुरले चाँडबाँडलाई मध्यनजर गर्दै त्रियुगा बस पार्कमा यात्रु सहायता कक्ष संञ्चालनमा ल्याएको छ ।
आईतबार प्रहरी प्रमुख (एसपी) सुवास चन्द्र बोहोराले यात्रु सहायता कक्षको औपचारीक उद्घाटन गर्दै पूर्ण रुपमा संञ्चालनमा आएको बताउनुभयो ।
दशैँ तथा अन्य चाँडबाँडहरु नजिकिए सँगै यात्रुहरुको सफल यात्रा र गन्तव्यलाई सहयोग पुराउने उदेश्य सहित कक्ष स्थापना गरिएको एसपी बोहारोले बताउनुभयो ।
ट्राफिक प्रहरी, जिल्ला प्रहरी र सवारी चालकहरुको उपस्थिति गराई कक्षा संञ्चालन भएको छ । चाँडबाँडको बेला यात्रा असुरक्षित हुने र यसलाई सुरक्षित गर्न सवारी तथा सवारी चालकहरुले केकस्ता भुमिका निर्वाह गर्ने भन्ने विषयमा छलफल समेत भएको छ । चाँडबाँडमा यात्रुहरुको बाढी चाप हुने र सवारी चालकहरुले लापर्वाही यात्रु ओसार पसार गर्नाले दुर्घटनाको कारण बन्दै गएको भन्दै यसलाई नियन्त्रण गर्न र सफल यात्राको गर्न यात्रु तथा चालकले संयन्ता अपनाउनु पर्ने बोहोराको भनाई छ ।बिषेश गरी यात्रुहरुलाई पर्ने कुनै पनि समस्याको सामाधानमा ट्राफिक प्रहरी र प्रहरी तत्कालका लागि यात्रु सहायता कक्ष संञ्चालनमा ल्याइएको ट्राफिक प्रमुख लिलाराज श्रेष्ठले बताउनुभयो । उहाँले सहायता कक्षमा बिषेशगरी यात्रुहरुको चहलपहलको समय र अन्य कुनै पनि समय एक जना ट्राफिक प्रहरी र प्रहरी खटाईने बताउनुभयो । यस बेला कुनै पनि यात्रुहरु ठगिने समस्यामा पर्ने र आपत विपत्तमा पर्ने भएकाले यस कक्षाको अति आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।
श्रेष्ठले यदि कुनै पनि समयमा भाडाँमा ठगिए, चालकहरुले गलत व्यवहार गरे, ट्राफिक नियम उलंघन गरेमा ट्राफिक प्रहरी र प्रहरीलाई तत्काल सम्पर्क गरी जानकारी गराउन सकिने पनि उहाँले बताउनुभायो ।नजिकिएको वडादशैँ, तिहार तथा छैठको सुखद उपलक्षमा यात्रु तथा चालक, यातायात व्यवसायीहरुमा शुभकमना व्यक्त गर्दै सहायता कक्ष उद्घाटन तथा संञ्चालनमा आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: