Monday, February 17News That Matters

त्रियुगा मेयरकप सुरु

उदयपुर, जेठ ३१ गते ।

उदयपुरको त्रियुगा नगरपालिका मेयर कप शुक्रबारदेखि बोक्सेस्थित कवर्डहलमा सञ्चालन भएको छ । नगरपालिकसातेक्वको प्रायोजनमा सितोरियो कराँते डो तथा गाईघाट तेक्वान्दो डोजाङको आयोजनामा मेयर कप सञ्चालन भएको हो ।

खेल प्रशिक्षक पार्वती राईका अनुसार मेयरकप अन्तर्गत सितोरियो कराँते, तेक्वान्दो र कबड्डी खेल प्रतियोगिता सञ्चालन भएका छन् । प्रतियोगिता भोलीसम्म सन्चालन हुने कराँते प्रशिक्षक प्रकाशराम राईले बताए । प्रतियोगितामा तिनै खेलका खेलाडीहरु जिल्ला विभिन्न डोजोबाट सहभागि बनेका छन् । मेयरकपको उद्घाटन त्रियुगा मेयर बलदेव चौधरीले गरेका छन् ।