Saturday, April 26News That Matters

त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितीको १४ औं वार्षिक साधारण सभा सम्पन्न

पूर्णपुष्टि, माघ १३ ।
उदयपुरको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समिति (संस्था) को १४ औं वार्षिक साधारण सभा २०८० सम्पन्न भएको छ ।

शनिबार त्रि.न.पा.१० बोक्से नयाँबस्तीको खेल मैदानमा  समितिको कार्यवाहक अध्यक्ष ओम बहादुर खड्काको अध्यक्षतामा साधारण सभा  सम्पन्न भएको हो । यस  सभाबाट नयाँ कार्य समित चयन हुने भएको छ ।

साधारण सभाको प्रमुख अतिथि कोशी प्रदेश सदस्य सम्झना (पाख्रिन) तामाङले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सामुहिक हितका लागी बढियो भने मात्रै खानेपानीको आयतन र विकास हुने  बताईन् । आफु  प्रदेशको जनप्रतिनिधि भएको नाताले खानेपानीको समस्यालाई समाधान गर्न साथै शुद्ध खानेपानि उपभोक्ताहरुलाई उपलब्ध गराउन आफ्नो ठाउँबाट पहल गर्ने उनले बताईन् । नयाँ कार्य समिति गठन गरि सामुहिक रुपमा बिचार बोकेर आएमा संस्थालाई प्रदेशमा निरन्तर सहयोग गर्ने उनले बताए ।

समितिका कार्यवाहक अध्यक्ष ओमबहादुर खड्काले धमिलो आउने पानि लाई सुधार गर्न प्रयासरत रहेको बताएका छन् । १० नं वडामा नै फिल्टर सहितको खानेपानि आयोजना बनिरहेको र सडकको दायाँ बायाँ नयाँ पाईप लाईन विस्तार गर्ने योजना रहेको उनले बताए । यो योजना एक डेढ बर्ष भित्र पुरा हुन्छ ‘उनले भने’ यस अघिको समितिले नगर विकास कोषबाट ०६३–०६४ देखी ०६५–०६६ सम्म लिएको ३ करोड ऋण साउँ र ब्याज बढेर साढे ७ करोेड भन्दा बढी पुगेको थियो । उक्त समितिले सो रकमको १ रुपैँया समेत नतिरेको र निर्वाचित भएर आएको अफुहरुको समितिले २ करोड २२ लाख २० हजार तिरिसकेको उनले बताए । यो ऋण तिरिसक्ने हो भने १५ हजार लिटर बराबर महसुल १५० बाट १ सय भन्दा कम झार्न सक्ने र यस्मा निरन्तर लागिरहने उनले बताए ।