
पूर्णपुष्टि, असार ३०
कटारीको त्रिवेणी माध्यामिक विद्यालयलाई परियोजनाले प्रविधि हस्तान्तरण गरेको छ । परियोजना कार्यान्वयन ईकाई उदयपुरले प्राविधिक शिक्षालय संचालन सहयोग कार्यक्रम वापत प्रविधि हस्तान्तरण गरेको हो ।
करिब २ लाख बराबरको प्रोजेक्टर १ थान, ल्यावटप १ थान, प्रिन्टर १ थान, सिल पोलिन प्लास्टिक टनेल १ थान, एप्रोन ६ थान, प्रुनिगं सअ ९ थान, पित्तल स्पेयर २ थान र सिकेचर ९ थान हस्तान्तरण गरेको परियोजनाले जनाएको छ ।
