
पूर्णपुष्टि, साउन २८
नेपालमा आज थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ८४ पुगेको छ ।
ललितपुरको पाटन अस्पतालमा उपचाररत जनकपुरकी ३८ वर्षीया महिलाको गतरात मृत्यु भएको अस्पतालले जनाएको छ । गत साउन १८ गते अस्पताल भर्ना भएकी महिलाको आईसीयूमा उपचारका क्रममा राति मृत्यु भएको हो ।
यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिनेछ ।
