
पूर्णपुष्टि, साउन २८
आजदेखि न्यूजिल्याण्डको सबैभन्दा ठूलो शहर ओक्ल्याण्डमा पुन तीन दिनका लागि लकडाउन लागू भएको छ । एक सय दुई दिनपछि पुन ४ जनामा कोरोना सङ्क्रमण देखिएपछि लकडाउन लागू भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
एक सय दुई दिनसम्म न्यूजिल्याण्डका स्थानीयमा कोरोना भाइरसको सक्रमण देखिएको थिएन । यात्रा नगरेका एकै परिवारका चार जनामा हिजो सङक्रमण देखिएपछि लकडाउन गरिएको जनाईएको छ ।
सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका व्यक्तिहरुको खोजी भइरहेको छ । ओक्ल्याण्डका बासिन्दालाई घरमै बस्न भनिएको छ । ठूलो सङ्ख्यामा मानिस भेला हुन पाउने छैनन् । अत्यावश्यक बाहेकका व्यवसायहरु बन्द गरिने र देशभर नै सामाजिक तथा भौतिक दूरी कायम गर्नु पर्ने नियम लागू हुने जनाइएको छ ।
न्युजिल्याण्डमा अहिलेसम्म १५ सय ७० जना कोरोना संक्रमित भईसकेको छ भने २२ जनाको मृत्यु नै भईसकेको छ ।
