
संखुवासभा, श्रावण २८
संखुवासभाको चिचिलामा सडक सोलिङ गर्नका लागी डुङ्गा फुटाउने क्रममा ढुङ्गा झरेर स्काईभेटर किच्दा चालकको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ गोगनेमा निर्माणाधिन सडकमा बाटो सोलिङ गर्नका लागी ढुङगा फुटाउने क्रममा माथीबाट अचानक ढुङगा झरेर स्काईभेटरलाई किच्चा चालक हर्कबहादुर तामाङको मृत्यु भएको हो ।
मंगलवार दिउँसो करिब साँढे १ बजे अरुण थर्ड हाइड्रोपावर अन्तर्गत रानीढुङ्गा कन्ट्रक्सन सेवा प्रा.लि. द्वारा संचालित बा २ क ५४०८ नम्बरको स्काईभेटरका चालक राक्सिराङ गाउँपालिका–५ मकवानपुरका ३१ बर्षीय तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
