Thursday, August 6News That Matters

थप तीन नेपालीको कोरानाबाट विदेशमा निधन

पूर्णपुष्टि,फागुन १६

थप तीन जना नेपालीको कोरोना संक्रमणबाट विदेशमा यो साता निधन भएको छ । पछिल्लो साता युएईमा दुई र पोर्चुगलमा एक जना नेपालीको कोरोना संक्रमणबाट निधन भएको गैरआवासीय नेपाली संघकाले जनाएको छ । योसँगै २१ देशमा कोरोना संक्रमणबाट निधन हुने नेपालीको संख्या तीन सय ३९ पुगेको छ ।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म विभिन्न ५३ देशमा रहेका ६२ हजार चार सय एक नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार एक सय २४ कोरोना संक्रमणमुक्त भएका छन् । यो संगै संक्रमणमुक्त हुने दर ९६ दशमलव तीन प्रतिशत रहेको गैरआवासीय नेपाली संघ ‘कोभिड–१९’ उच्चस्तरीय समितिले जनाएको छ ।