Wednesday, July 1News That Matters

थप १७ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ९९ पुग्यो

पूर्णपुष्टि, बैशाख २४ गते । 

पर्साको विरगञ्जमा थप १७ जना कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणको रिर्पोट पोजेटिभ आएको हो ।

संक्रमतिहरु २ महिनाको शिशुदेखि ६६ वर्षका उमेर समुहका ७ जना महिला र १० जना पुरुष रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म नेपालमा ७१ जना पुरुष र २८ जना महिला गरी संक्रमितको संख्या ९९ जना पुगेको छ भने २२ जना निको भईसको छ ।

१ न. प्रदेशमा ३१ जना, २ न. प्रदेशमा ३० जना, बागमती प्रदेशमा ७ जना, गण्डकी प्रदेशमा २ जना, ५ न. प्रदेशमा २४ जना र सुदुरपश्चिम प्रदेशमा ५ जना कोरोना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।