Thursday, May 21News That Matters

वुहानमा विद्यालय खुल्न थाल्यो

पुर्णपुष्टि, बैशाख २४ गते । 

चीनको वुहान शहरको विद्यालयहरु खुल्न थालेको छ । गत डिसेम्बर महिना देखि हुबेई प्रान्तको वुहान शहरमा विद्यालयहरु बन्द रहेको विद्यालय खुल्न थालेको हो ।

गएको डिमेम्बर महिनामा वुहानमा पहिलो पटक कोरोना भाइरसको संक्रमण देखिएको थियो । त्यसयता परीक्षाको तयारी गर्नेहरु मात्र विद्यालय जाने गरेका थिए । वुहान क्षेत्रमा  विद्यार्थीको संख्या ५७ हजार रहेको सञ्चारमाध्यहरुले जनाएको छ ।

हुबेई प्रान्तमा ३२ दिनदेखि नयाँ संक्रमण नदेखिएको सञ्चारमाध्यमहरुले जनाएको छ । चीनमा बिस्तारै लकडाउनको प्रतिबन्ध हटाउँदै गइरहेको छ  भने जनजीवन सामान्य हुँदै गइरहेको जनाईएको छ ।

चीनमा अहिलेसम्म ८२ हजार आठ सय ८३ जनामा कोरोना संक्रमित देखिएको छ भने चार हजार ६ सय ३३ जनाको मृत्यु भएको छ ।