Thursday, May 21News That Matters

६२ साल एसएलसी ब्याजीद्वारा पत्रकारलाई सुरक्षा सामाग्री

पूर्णपुष्टि, बैशाख २४ गते । 

कोरोना भाइरसको जोखिम मोलेर निरन्तर समाचार स्रम्पेषण गर्ने उदयपुरका पत्रकारलाई २०६२ एसएलसी व्याज बिद्यार्थीले सुरक्षासामग्री उपलब्ध गराएका छन् ।

नमुना स्कुल गाईघाटका २०६२ सालका एसएलसी व्याजी बिद्यार्थीले पत्रकारलाई सुरक्षा सामग्री, जिल्ला अस्पताल र जिल्ला प्रहरी कार्यालय अगाडी प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका हुन् ।

राज्यका कुनै पनि संम्यन्त्रबाट पत्रकारलाई सुरक्षा सामग्री सहयोग नभएको अवश्थामा विद्यार्थीले पत्रकारलाई स्प्रे सेनिटाईजर, एन नाईन्टीन माक्स, ग्लब्स उपलब्ध गराएका हुन् । त्यसअवसरमा उनीहरुले जोखिम ठाउँमा जोखिम मोलेर जनतालाई निरन्तर समाचार प्रवाह गर्दा आफ्नो स्वास्थ्यमासमेत ख्याल गर्न आग्रह गरे ।

टिमलिडर ज्ञानेन्द्र मगरले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता, विमा जस्ता कार्यक्रमको घोषणा गरेपनि जोखिम क्षेत्रका पत्रकारलाई राज्यले सामान्य सुरक्षाकवजसमेत उपलब्ध नगराएकाले बताए ।

त्यसैगरी बिद्यार्थीहरुले अस्पताल र प्रहरी कार्यालय अगाडी ५० हजार मुल्य बराबरको प्रविधियुक्त ट्याङ्की सहितको सुरक्षित धारा उपलब्ध गराएका छन् । सेवा लिन आएका सेवाग्राहीलाई अनिवार्य हात धुने व्यवस्था मिलाउन हात धुने साबुन र खुट्टाले थिच्दा पानी आउने पानी ट्याङ्की सहितको प्रविधियुक्त एक÷एक थान उपलब्ध गराएको अर्का बिद्यार्थी सुजन दाहालले बताए ।

देश तथा बिदेशमा रहेर उच्चशिक्षा हासिल गरिरहेको ब्याजीहरुबाट पैसा संकलन गरी सामग्री उपलब्ध गराएको सुरेन्द्र राईले बताए । बिद्यार्थीहरुले बिद्यालय पुर्वप्रधानाध्यापक केन्द्रकुमार राउत, सहायक प्रअ कृष्ण घिमिरे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम खड्काको उपस्थितिमा अस्पताल बिकास समितीका अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर परियार, जिप्रकाका एसपी विरबहादुर बुढामगर, नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्कालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा जिसस प्रमुख परियारले संकटको बेला प्राप्त कुनैपनी सामानको मुल्य नहुने बताउदै सहयोगी सबैमा धन्यबाद ब्यक्त गरे ।

पत्रकार महासंघका अध्यक्ष खड्काले आफ्नो गाँस काटेर प्रत्रकारहरुलाई देखाएको सहानुभूतिको सम्मान गर्दै जस्तोसुकै कठिन परिस्थितिमा पनि समाचार प्रवाहमा कन्जुस्याई नगर्ने प्रतिवद्धता व्यक्त गरे ।