Wednesday, July 1News That Matters

नव उदय सामुदायिक वन उपभोक्ता समितिले उपभोक्ताहरुलाई राहत वितरण गर्यो

गाईघाट/बैशाख, २४

नव उदय सामुदायिक वन उपभोक्ता समूहले आफ्नो समूहको विपन्न तथा मजदुर घर परिवारलाई बुधबार खाद्यन्न वितरण गरेको छ । करिब ३५० घर परिवारको हाराहारी समूहले खाद्यन्न बाँडेका छन् ।

कोरोना भाइरसको माहामारीमा लकडाउनको कारण समस्यामा परेका त्यस्तो परिवारहरुलाई समूहले खाद्यन्न राहत उपलब्ध गराएको नव उदय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जीवन पाण्डेले बताउनुभयो ।

खाद्यन्न १० र ११ नं वडामा रहेका आफ्नो उपभोक्ताहरुलाई वितरण गरिएको छ । खाद्यन्न गरिबि निवारण कोष अन्तर्गतको पैसा बाट बाँडिएको पाण्डेले बताउनुभयो बार्षिक कार्ययोजना अनुसार ३५ प्रतिशत खर्च समूहले गर्न पाउने कुरालाई आधारमानी सो भन्दा कम बजेट बाट राहत उपलब्ध गराइएको पनि पाण्डेले बताउनुभयो ।

३० केजी चामल, १ केजी दाल, १ पोका नुन, १ पोका तेल सहित राहत प्याकेज बितरण गरिएको छ । आफ्नो उपभोक्ताहरु रहेको बिभिन्न टोलहरुमा बोक्से, आदर्शटोल, पाटनदेवी, रमाइलो डाँडाँ, र बाँसबारी गरी नाम टिपिएका ३ सय ११ घर परिवारलाई वितरण गरिएपनि पछि थप हुन सक्ने भन्दै ३ सय ५० घर परिवारको हाराहारीमा राहत बाँडिने समूहले जनाएको छ ।

वडा र नगरापलिकाको स्वीकृति मार्फत राहत वितरण गरिएको छ । राहत वितरण त्रियुगा नगरपालिकाको मेयर वलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, वडा अध्यक्ष प्रकास कुमार खड्का र उपभोक्ता समितिका प्रतिनिधिहरुले गरेका थिए ।

फोटो फिचर