
पूर्णपुष्टि, असार १५
आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको हो ।
स्टार अस्पतालमा उपचार गराइरहेका २९ वर्षीय पुरुषको गएराति मृत्यु भएको जनाईएको छ । रौतहट घर भएका ती पुरुषलाई निमोनिया भएको र उपचारको लागि केही दिनअघि मात्रै स्टार अस्पताल ल्याएको अस्पतालले जनाएको छ ।
ती युवाको कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोनाको कारण मृत्यु हुनेको संख्या २९ पुगेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
