Sunday, June 28News That Matters

थप २ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको सख्या २७८ पुग्यो

पूर्णपुष्टि, जेठ ३ गते । 

थप २ जनामा कोरोना भाइरस संक्रमण पुटि भएको छ । महोत्तरीका ५२ वर्षीय पुरुष र काभ्रेका २६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आज नै ९ जनामा कोरोना भाइसको संक्रमण पुष्टि भएको थियो । योसँगै नेपालमा संक्रमितको संख्या २ सय ७८ पुगेको छ ।

कोरोना संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिलेसम्म कोरोना संक्रमितमध्ये ३६ जना उपचारपछि निको भएका छन् ।