Sunday, June 28News That Matters

सुत्केरीको मृत्यु बोरे मन्त्रालयले अध्ययन गर्दै

पूर्णपुष्टि, जेठ ३ गते ।

सिन्धुपाल्चोक बाह्रविसेकी सुत्केरी महिलाको मृत्यु कोरोना भाईरस (कोभिड–१९)को संक्रमणले भए नभएको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्ययन सुरु गरेको छ । धुलिखेल अस्पतालमा उपचारको क्रममा बाह्रविसेकी २९ वर्षीया महिलाको विहिबार मृत्यु भएको  थियो ।

गत बैशाख २३ त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी गरेर २५ गते घर फर्किएकी महिलालाई ज्वरो आउने, खोकी लाग्ने र स्वासप्रश्वासमा समस्या आएपछि अस्पतालमा भर्ना भएकी थिईन् ।

अस्पतालकै ल्याबमा पीसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ आएको श्रोतले जनाईएको छ । तर महिलाको कोभिड–१९ का कारण मृत्यु भए नभएको भन्ने बारे अध्ययन सुरु भईसकेको मन्त्रालयले जनाएको छ ।

धुलिखेल अस्पतालको कोभिड–१९ टाक्स फोर्सको स्काईपमा भएको बैठकले मृतक महिलाको उपचारमा संलग्न चिकित्सक टोलीलाई क्वारेन्टाइनमा राख्ने र शिल गरिएको आकस्मिक कक्षलाई तत्काल नखुलाउने निर्णय गरेको जनाईएको छ ।