
पूर्णपुष्टि, जेठ ३ ।
नेपालमा अाज काेराेना संक्रमणबाट मृत्युकाे पहिलाे घटना भएकाे छ । पहिलाे पटक अाज नेपालमा काेराेनाकाे कारण एक नागरिककाे कृत्यु भएकाे नेपाल सरकार, स्वास्थ्य तथा वातावरण मन्त्रालयले जनाएकाे छ ।
सिन्धुपाल्चाैक निवासि २९ वर्षिय महिला कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।
उनको १० दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी पछि आमाछोरा दुबैको स्वास्थ्य सामान्य अबस्थामा २५ गते डिस्चार्ज भएर घर फर्किएका थिए ।
तर उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आएपछि बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा पनि निको नभएर धुलिखेल अस्पताल ल्याउने क्रममा बाटैमा निधन भएको हाे ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले उनको पीसीआर विधिबाट परीक्षण गर्दा रिपोर्ट पोजेटिभ अाएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ । एक अध्यायन टोलीको रिपोर्टका आधारमा मन्त्रालयले उनको मृत्यु कोरोनाका कारण भएको घोषणा गरेको हाे ।
