Sunday, June 28News That Matters

नेपालमा यसरि भयाे काेराेनाका कारण मृत्यु हुनेकाे अन्त्यष्टि

पूर्णपुष्टि, जेठ ३ |
अाज काेराेनाकाे कारण मृत्यु भएकि महिलाकाे छुट्टै कार्यविधिका साथ  शव व्यवस्थापन भयाे ।
मृतकको शव धुलिखेल अस्पतालबाट नेपाली सेनाको टोलीले काठमाडौं लग्याेे ।
सुरुमा एम्बुलेन्समा परिवारको सदस्यलाई राखिएको थियो । त्यसपछि प्रहरीको स्कटिङ र शव बाहनमा मृतकको शव राखिएको थियो । त्यसपछि फेरि सेनाले स्कटिङ गरेको थियो । मृृतकको शनिबार नै पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियाे ।

कार्यविधिअनुसार अन्त्येष्टिमा सहभागीहरुले पञ्जा, चस्मा, टोपी, मास्कसहित पीपीई लगाए । मृतकका आफन्तले शव छुन समेत पाएनन् । आफन्तले कम्तिमा एक मिटर टाढाबाट एकएक जनालाई पालैपालो हेर्न दिइयाे । आफ्नो परम्पराअनुसार शव नछोई जल छर्कने, पाठ गर्ने तथा फूलमाला चलाउने जस्ता क्रियाकलाप भयाे ।
काेराेनासंग सम्बन्धित नेपाल सरकारले बनाएकाे याे छुट्टै कारयविधिबाट नै काेराेनाबाट मृत्यु हुनेकाे अन्त्यष्टि हुनेछ ।