
पूर्णपुष्टि, जेठ २३ गते ।
आज नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको हो ।
देशको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप मोरङ २, पर्सा १, झापा ५, ताप्लेजुङ १, सप्तरी १३, बारा १२, दाङ १५, मुगु १, दैलेख १ सय ५, , खोटाङ ३, दैलेख ८, धनुषा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालको ६८ वटा जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ । उक्त संक्रमित मध्ये ३ सय ३३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
