Tuesday, April 21News That Matters

जोगीदहका विपन्न २० घरपरिवारलाई राहत वितरण

डिएन चौधरी
उदयपुर, जेठ २३ गते । 

उदयपुरको जोगीहदमा एकका लागी एक अभियानले राहत वितरण गरेको छ । त्रियुगा नगरपालिका–१ जोगिदहमा साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटको समन्वय र वडा कार्यलय जोगिदहको सहकार्यमा वडा भित्रका अति विपन्न र दैनिक ज्यलामजदुरी गरि खाने २० घरपरिवारलाई राहत वितरण गरेको हो ।

वडाले पहिचान गरी सिफारी गरेका २० घरपरिवारलाई चामल, दाल, खाने तेल, नुन, हात धुने साबुन र क्यालेण्डर वितरण गरेको साहरा नेपाल साकोस सेवा केन्द्र गाईघाटका शाखा प्रमुख खगेन्द्र श्रेष्ठले बताउनुभयो । राहत प्याकेजमा प्रत्येक घरलाई २५ केजि चामल, २ केजि दाल, १ लिटर तेल, २ केजि नुन,२ वटा साबुन र एक वटा क्यालेन्डर गरेको उहाँले बताउनुभयो ।

वडाको अति विपन्न घरपरिवारलाई एकका लागी एक अभियानले खाद्यन्न समाग्री वितरण गरेको प्रति १ न. वडाध्यक्ष मनोजकुमार चौधरीले धन्यवाद दिनुभएको छ । वडा कार्यलय वाट पनी राहत कोष खडा गरेर विभिन्न चरणमा राहत प्याकेज अति विपन्न घर परिवारलाई वितरण गरिरहेको उहाँले बताउनुभयो ।

अहिलेसम्म विभिन्न जिल्लामा गरी १७ सय घरपरिवारलाई राहत बितरण गरिसकिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । अभियानकै क्रममा बाटोमा अलपत्र परेका करिब १० हजार नागरिकलाई  खाना खुवाईए पनि उहाँले बताउनुभयो ।