
पूर्णपुष्टि, जेठ २३ गते ।
जिल्ला अस्पताल उदयपुरमा आज आरडिटी परिक्षणमा थप १ जनामा पोजेटिभ देखिएको छ ।
स्थानीय १ पुरुषको आरडिटी परिक्षण हुदा पोजेटिभ देखिएको जिल्ला अस्पताल उदयपुरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जिवनारायण मन्डलले बताउनुभयो ।
उनी सवारी चालक रहेको बताईएको छ । उनको आरडिटी रिर्पोट पोजेटिभ आएसँगै जिल्ला अस्पतालको आईस्योलेसनमा राखिएको छ । आरडिटी परिक्षणबाट पोजेटिभ देखिने उनी दोस्रो व्यक्ति हुन् । आईस्योलेसनमा राखिएका उनको पिसीआर परिक्षण हुने छ ।
कोरोना परिक्षणमा आरडिटी परिक्षण नै अन्तिम नरहेकाले पिसिआर परिक्षण अनिवार्य गर्ने गरिएको छ । पिसिआर परिक्षणबाट पोजेटिभ देखिए मात्र कोरोना संक्रमित पुष्टि हने छ ।
२ दिन अघि जापानबाट आएका १ पुरुषको रिर्पोट पनि पोजेटिभ आएको थियो । जिल्ला अस्पतालको आईस्योलेसनमा रहेका उनको आज पिसिआर नमुना स्वाव संकलन लिईएको छ ।
