Monday, April 20News That Matters

उदयपुरका एक सञ्चारकर्मी कोरोना जितेर फर्किए

पूणर्पुष्टि, जेष्ठ, २३

उदयपुरका एक सञ्चारकर्मि कोरोना जितेर १९ दिन पछि हस्पिटल बाट डिस्चार्ज भएर घर फर्किएका छन् । गाईघाट सदरमुकाममा रहेर पत्रकारीता गर्दै आएका राकेश नेपाली १९ दिन पछि कोरोनालाई जितेर कोशि कोरोना हप्पिटल बाट बिहिबार घर फर्किएको हो । बैशाख ३१ गते गरिएको २७ जना पत्रकारहरुको पिसिआर परिक्षणमा नेपालीको भर्ने जेठ २ गेको रिपोर्टमा पोजेटिभ आएको थियो ।

पोजेटिभ रिपोर्ट आएका नेपालीलाई भोलीपल्ट कोशी कोरोना हस्पिटल लगिएको थियो । हस्पिटलमा उच्च मनोवलका साथ उपचारमा रहेका नेपालीले आफुले कोरोनालाई सजिलै पार लगाएको बताए ।

उनले अस्पताल वसाइको अनुभव सुनाउँदै आत्तिनु नहुने, लार्पाहि गर्नु नहुने, आफुलाई घम्भीर बनाउन नहुने र स्वास्थ्य वर्धक खान पान, सरसफाईमा ध्यान दिनु पर्ने साथै साथि भाइ आफन्तहरुको प्रत्यक्ष सम्पर्क हौसालाको आवश्यक रहेको बताए ।

हिजो मात्रै हस्पिटल बाट घर फर्किएको उनि १४ दिन सम्म थप होम क्वारेन्टाइनमा बस्ने छन् । उच्च सतर्कता र उच्च मनोवलका साथ होम क्वारेन्टाइनको अवधि पुरा गरेर मात्र आफ्नो कर्ममा फर्किने पत्रकार नेपालीले बताए ।

आज आफुले कोरोना जित्न सक्नुको कारण सबैको  पहल, हौसाला, साथ सहयोग नै मुख्य कारण रहेको उनले बताए ।  यो अवस्थामा आफन्त, परिवार, साथिहरुको प्रत्यक्ष सहयोगको आवश्यक रहेको उनले महशुस गरेका छन् । उनले कोरोना बाट नडराउन, नआत्तिन , सुरक्षित र सतर्कता रहनु पर्ने कुरा समेत सुझाएको छ ।