Sunday, June 28News That Matters

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २७६ पुग्यो

पूर्णपुष्टि, जेठ ३ गते । 

आज फेरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या २ सय ७६ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

कपिलवस्तु शिवराज नगरपालिका चन्द्रौटाका २५, ३४ र ४४ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसअघि जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा आजै बिहान ६ जनामा संक्रमण पुष्टि भएको थियो ।