
ताप्लेजुङ ,जेष्ठ ३ गते ।
तमोर नदिमा डुबेर ताप्लेजुङको एक बालकको मृत्यु भएको छ । फुङ्लिङ–३ सिटेनी निबासी १७ बर्षीय रोशन न्यौपानेको नदीमा डुबेर मृत्यु भएको हो ।
हिजो दिउँसो ३ बजे घरबाट बाख्रा चराउन गएको बालक नजिकै रहेको तमोर नदीमा पौडी खेल्ने क्रममा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीलाई स्थानीयले घटनाको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । बालकको शव करिब २ सय मिटर तल नदि किरानमा फेला पारेको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
