
सुनसरी, जेठ ३ गते ।
सुनसरीको कोशी गाँउपालिका–६ श्रीपुरजव्दीका २६ बर्षीय रुपेश झा लागुऔषधसहित पक्राउ परेको छ । को १३ प ७६५४ नम्बरको मोटरसाईकलमा सवार झालाई चेकजाँच गर्ने क्रममा हिजो बेलुका साढे ७ बजे उनको साथबाट २५ बोतल डाईलेक्स डि.सि. बरामद गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका झा माथी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
