Tuesday, June 30News That Matters

थप ७२ जनामा कोरोना संक्रमण पुष्टि

पूर्णपुष्टि, जेठ १२ गते ।

नेपालमा थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालको विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ७५ जना पुगेको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ, टेकुमा गरिएको परिक्षणमा धनुष नगराईन नगरपालिका–३ का ३०, ३१, ४५, कपिलवस्तु शिवराज नगरपालिका–४, ५, ६ का १९, २०, २३, काठमाण्डाँै टोखा नगरपालिका–३, ६ र बुढानिलकण्ठ नगरपालिका–३ का २७, ३७, ४१, बारा कलैया नगरपालिका–१ का २५ र ३२ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । त्यस्तै रौतहट फरहदवा–२, ६, ८ र ईशानथ–२ का १८, १९, २२, २७, ३०, ३१, ३३, ३५, ३५, ३५, ३६, ३६, ३६, ३८, ४०, ४०, ४०, ४२, ४३, ४८, ४८, ४८, ४९, ५०, ५१ र ५३ वर्षीय पुरुषहरुमा संक्रमण पुष्टि भएको छ ।

विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको प्रयोगशालामा गरिएको परिक्षणमा सप्तरीका २२, ३४ वर्षीय पुरुषहरुमा संक्रमण पुिष्ट भएको छ । त्यस्तै राप्ति स्वस्थ्य प्रष्ठिान, दाङको प्रयोगशालामा गरिएको परिक्षणमा बर्दिया बासगढी–९ का २५ वर्षीय पुरुष र बाँके बधया गाउँपालिका–२ र राप्ति सोनारी गाउँपालिका–७ का १६, २३, २३, २४ वर्षका परुषहरुमा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, हेटौडाको प्रयोगशालामा गरिएको परिक्षणमा बारा गडीमाई नगरपालिकाका १८, १८, १८, १८, १९, १९, २०, २०, २०, २४, २४, २५, २५, २५, २६, ३०, ३१, ३६, ३६, ४०, ५० वर्षका पुरुषहरुमा संक्रमण पष्टि भएको छ । त्यस्तै भेरी अस्पताल, नेपालगञ्जको प्रयोगशालामा गरिएको परिक्षणमा दैलेख नारायण नगरपालिका र ढुँगेघर गाउँपालिकाका १५, १८, २७, २९  वर्ष पूरुष र २५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै प्रदेश अस्पताल, सुर्खेत ÷पशुपञ्छि रोग अन्वेषण प्रयोगशाला, सुर्खेतमा गरिएको परिक्षणमा दैलेख गुराँसे गाउँपालिकाका २४ र २५ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आजसम्म उपचारपछि निको हुनेको संख्या १ सय ५ पुगेको छ भने ३ जनाको मृत्यु भईसकेको छ ।