Saturday, May 16News That Matters

थारु सिंगिङ स्टारको पहिलो अडिसन सो गाईघाटमा हुने

उदयपुर, माघ १० गते । 

थारु सिंगिङ स्टार प्रथम संस्करणको पहिलो सो उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशील थारु युवा समूहको आयोजनामा माघ ११ गतेदेखि गाईघाटमा सो हुने भएको हो ।

‘थारु सिंगिङ स्टार २०७६’ प्रथम संस्करण पहिलो अडिसनको तयारी पुरा भएको आयोजकले शुक्रबार एक पत्रकार सम्मेलनमा जनाकारी गराएको थियो ।  १ न. प्रदेशमा बसोबास गर्ने थारु समुदायका थारुहरुमा गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको संस्थाका सचिव वीरबल गच्छदारले बताए । अडिसनको पहिलो सो औपाचारीक कार्यक्रमको साथ हुने उनले बताए ।आगामी माघ १४ गते झुम्का, १८ गते विराटनगरको नेता चोक, २४ गते विर्तामोड र २६ गते दुहवीमा अडिसन हुने गच्छदारले बताए । थारु समुदायमा लुकेर रहेका गायन प्रतिभाको पहिचान गर्दै उजागर गरी प्रोत्सहान गर्ने उद्देश्य रहेको उनले बताए । स्टार विजेता तथा उपविजेतालाई नगद, ताज सहित थारु तथा नेपाली गीत रेकर्ड गर्न अवसर दिने उनले बताए ।

अडिशनबाट छनौट भएका प्रतियोगिहरुलाई पहिलो, दोस्रो गर्दै पाँचौं चरणबाट फाइनल चरणमा तीन जना प्रतियोगिलाई मात्रै छनौट गरिने आयोजकले जनाएको छ । गाईघाटको अडिसनका लगि करिब २५ जना प्रतियोगी रहेको आयोजकले जनाएको छे । गाईघाटमा हुने अडिशन शो कार्यक्रमको समन्वय नेपाल थारु पत्रकार संघ उदयपुरले गरेको छ ।