
पूर्णपुष्टि, जेष्ठ २ । उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा ‘थ्रीएम ब्रदरहुड’ युवा समूहले जेब्रा क्रसिङ निर्माण सुरु गरेको छ । जिल्लामा अत्याधिक सवारी दुर्घटना बढेको भन्दै स्थानिय युवाहरुले जेब्रा क्रसिङ निर्माण सुरु गरेको हो ।
थ्रीएम ब्रदरहुडका संयोजक वीरसबाबु शाहीले सुरुवाती चरणमा मोतिगडा चोक आसपास बिभिन्न ४ ठाउँमा जेब्रा क्रसिङ निर्माण भइरहेको बताएका छन् । पछिल्लो समय सडक दुर्घटनाका कारण मृत्यु हुनेको संख्या अस्वभाविक रुपमा बढेपछि न्यूनीकरणका लागि स्थानीय युवाहरुलाई जेब्रा क्रस निर्माण गर्न स्थानीय स्ट्यान्डर्ड भिजन इन्टरनेशनल एकेडेमीले रङलगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो ।
जेब्रा क्रसिङ निर्माणमा त्रियुगा नगरपालिका– ३ का वडाध्यक्ष तीलकबहादुर कटुवाल, नेपाल फोटो पत्रकार महासंघ उदयपुरका अध्यक्ष देवराज राई, जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरबाट ट्राफिक प्रहरी हवल्दार भुवन राई, जवान कृष्ण घिमिरे र अभिषेक यादवले सहभागीता जनाएका थिए ।