Friday, May 22News That Matters

दक्षिण कोरियामा सरकार विरुद्ध प्रदर्शन

पूर्णपुष्टि, साउन ३२

दक्षिण कोरियामा सरकार विरुद्ध प्रदर्शन भएको छ । स्वास्थ्य अधिकारीको चेतावनीपछि राजधानी सोलमा भएको प्रदर्शनमा दशौँ हजार नागरिक सहभागी भएका थिए ।

त्यहाँ हिजोमात्रै १ सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । गत पाँच महिनामा एकैदिन कोरोना सङ्क्रमित धेरै थपिएको यो पहिलोपटक भएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

सोल सहर प्रशासनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि लगाइएको प्रतिबन्ध उल्लघंन हुने भन्दै प्रदर्शनको लागि अनुमति दिएको थिएन ।

राष्ट्रपति मून जेई इनको नीतिको विरोधमा प्रदर्शन भएको जनाईएको छ ।