Thursday, November 14News That Matters
२९ कार्तिक २०८१, बिहीबार

दन्द्ध ग्रस्त इजरायलबाट स्वदेश आईपुगे नेपाली विद्यार्थी

पूर्णपुष्टि, असार २६ । दन्द्ध ग्रस्त इजरायलबाट नेपाली विद्यार्थीहरु स्वेदश आईपुगेका छन् । शुक्रबार बिहान २ः४० बजे नेपाल वायु सेवा निगमको नाइनएन–एएलजेड एअरबस ३३० विमान २५४ जना नेपाली नागरिक लिएर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।

सरकार मन्त्री परिषद्को २०८०÷६÷२२ गतेको बैठकले प्रभावित नेपालीहरुलाई उद्धार गरी नेपाल फर्काउने गरेको निर्णय अनुसार उनिहरुलाई नेपाल फर्काईएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । उनका अनुसार यसअघि नेपाली दुतावासले अनलाईन मार्फत नेपाली नगरिकहरुलाई आफ्नो विवरण उपलब्ध गर्न लगाईएको थियो । ५६७ जना नेपालीले विवरण उपलब्ध गराएका थिए भने ति मध्ये ५०३ जनाले नेपाल फर्कन चाहेका थिए ।

सुदुरपश्चिम विश्व विद्यालयबाट इजरायल गएका १० जना विद्यार्थिको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन् । अझै एक नेपाली विद्यार्थि विपि जोशी सम्पर्क विहिन छन् । उनको खोजी कार्य निरन्तर जारी रहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । मृत्यु भएका १० जनाको शव नेपाल ल्याउन इजरायल सरकारसँग समन्वय भईरहेको मन्त्री साउले बताए ।

इजरायलमा अन्याधिक शव भएकोले शवको छ्ट्टा छुट्टै विवरण निकाल्नु पर्ने र पहिचान गरी आवश्यक प्रकृया पुरा गरी हस्ताण्तरण गर्न थप केही समय लाग्ने इजरायली पक्षले जानकारी गराएको उनले बताए । यस पटक कारणवस छुटेका नेपाली नागरिकलाई आवश्यकता अनुसार नेपाल फिर्ता ल्याउने सरकारले व्यवस्था गर्ने उनले बताए ।

यहि असोज २० गते इजरायलको दक्षिणी क्षेत्र पेलिस्टाइनमा हमासले आक्रमण गरेको थियो । हमासले इजरायलमा जमिन र आकाश दुबै तर्फबाट हमला गरेको थियो । इजरायलमा हमासले प्यारासुटबाट र सिमा क्षेत्रको तार तोडेर आक्रमण गरेको थियो । अहिले हाल हमास र इजरायलबिच भिषण युद्ध चलिरहेको छ । यस युद्धमा परी हजारै मानिसले ज्यान गुमाईसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0