Monday, June 1News That Matters

दमौटी शव प्रकरण : मृतकको श्रीमती सहित छोरा पक्राउ

पूर्णपुष्टि, २१ गते । उदयपुरमा श्रीमानको हत्या गरेको आरोपमा श्रीमती सहित छोरालाई प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका वडा नं. ५ दमौटी सुक्लाई बस्ने ६० बर्षीय श्याम कुमार राईको हत्या आरोपमा निजको श्रीमती ४० बर्षीया निर कुमारी रैनी र छोरा सुरन राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक (डिएसपी) हरिनन्दन चौधरीका अनुसार शनिबारबाट हराईका राईको शव १९ गते बिषेश सुचनाको आधारमा प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले घर नजिकै रहेको जंगलमा माटोले पुरी स्याउलाले छोपेको अवस्थामा फेला पारेको थियो ।

राईको शव फेला परेपश्चात घटनाको अनुसन्धान गर्ने क्रममा निजको श्रीमतीले मंसिर १६ गते साझँ ५ बजेको समयमा सामान्य घरायसी बिवादको कारण आबेशमा आई घाटी थिची हत्या गरेको र छोराको सहयोगमा जंगलमा लगि खाल्डो खनि पुर्ने कार्यमा संलग्नता रहेको खुल्न आएकोले उनिहरुलाई पक्राउ गरिएको डिएसपी चौधरीले बताए । पक्राउ परेका दुबैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।