दमौटी शव प्रकरण : मृतकको श्रीमती निर कुमारीलार्ई प्रहरीले पक्राउ गर्यो

पूर्णपुष्टि, १९ मंसिर ।
तिन दिन देखी बेपत्ता त्रियुगा नगरपालिका वडा नं ५ का श्याम राईको हत्यामा निजकै श्रीमती संलग्न भएको प्रहरीको प्रारम्भीक अनुसन्धानले देखाएको छ । शनिवारदेखी बेपत्ता राईको शव गाउँ नजिकैको झाडिमा सेउलाले पुरेको अवस्थामा स्थानीयहरुले फेला पारेका थिए । प्रहरीका अनुसार श्रीमती निर कुमारी राईले सामान्य घरायसी झगडामा श्रीमानको हत्या गरेको स्वीकार गरेको छ । सोही आधारमा प्रहरीले घटना स्थलबाटै निर कुमारीलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ । मृतक राई हराएको भन्ने खबर पछि स्थानीयहरु मिलेर खोज तलास गरिरहेका थिए । पछि नजिकैको झाडीमा संकास्पद देखिएपछि प्रहरीलाई खबर गराएको स्थानीयहरुले जनाए । मृतक राईको पोष्टमाटमका लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
5
+1
0
+1
1