
पूर्णपुष्टि/उदयपुर, माघ १ गते ।
उदयपुरको रौतामाई गाउँपालिका १ नामेटार भन्ने ठाउँमा सोमबार बिहान दलितबस्तीका पाँच घरमा आगलागी भई क्षती भएको छ ।
अस्थाई प्रहरी पोष्ट भुट्टारका इन्चार्ज प्रहरी नायव निरिक्षक भिम श्रेष्ठका अनुसार स्थानीय रणबहादुर विक, कर्णबहादुर विक, मेघबहादुर विक, पर्शुराम विक र चक्रबहादुर विकको घरमा आगलागी भएको हो । आगलागीबाट माटो र काठले बनेको फुसको छानो भएको पाँचै घर जलेर नष्ट भएको छ भने घरभित्रका अन्नपात, लत्ताकपडा, खाध्यान्न, भाडावर्तन जलेर नष्ट भएका छन् ।
स्थानीयको प्रयासबाट आगो नियन्त्रणमा आएपनि क्षती हुनबाट जोगाउन नसकिएको बताइएको छ । प्रहरीका अनुसार ६५ बर्षिय रणबहादुरको ३ लाख, ७० बर्षिय कर्णबहादुरको ३ लाख २० हजार, ३५ बर्षिय मेघबहादुरको ३ लाख ५० हजार, ३५ बर्षिय पर्शुरामको ३ लाख ७० हजार र ३० बर्षिय चक्रबहादुरको ३ लाख ६० हजार गरी १७ लाख बराबरको क्षती भएको छ । आगलागीबाट मानवीय र चौपाया क्षेती भने नभएको प्रहरीले जनाएको छ ।
पिडितहरुका लागि राहतको पहल भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक मेघराज अधिकारीले बताउनुभयो ।