
असोज १६ गते ।
अन्तराष्ट्रिय पशु पन्छि दिवस र पशु सेवा विभाग स्थापना दिवसको अवसरमा उदयपुरको बेलका नगरपालिका सम्मानीत भएको छ । पशु पन्छिको विकासका क्षेत्रमा उल्लेखनिय काम गरेको मुल्याङ्कन गर्दै कृषि मन्त्रालय पशु सेवा विभागले सम्मान गरेको हो ।
पशु शेवा बिभागका माहानिर्देशक डा. बन्सी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि तथा पशु पन्छी मन्त्रालयका सचिब युबकधोज जिसिले सम्मान पत्रका साथ सम्मान गरेको थियो ।
बेलकामा बन्दै गरेको बोका बाख्रा सन्कलन केन्द्र, ४० वटा पशु पन्छी फर्म अनुदानमा स्थापना भएको, ६ वटा मासु पसल स्थापना, घासको बिउमा नौ सय पाँच आत्मनिर्भर भएको, गाई र भैसिमा कृतिम गर्भाधान कार्यक्रम सन्चालन गरेको, सिकाई केन्द्र स्थापना गरेको, पशु स्वास्थ सिबिर सन्चालन गरेको, आफ्नै श्रोत बाट पशु चिकित्सक ब्यबस्थापन गरेको, दुईवटा बाख्राको श्रोत केन्द्र स्थापनाको तयारी गरेको लगाएतका कामहरु सम्मपन्न गरेकाले सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
यसका साथै बेलका नगरपालिकाले आफ्नो ५ बर्से रणनीति योजनामा पहिलो प्राथमिकतामा कृषि र पशु पन्छि राखेको र यस क्षेत्रमा उल्लेख्य बजेट बिनियोजन गरेको छ । प्रयास हेल्भिटास लगाएतका बिभिन्न साझेदार सस्थाहरुको सहयोग जुटाएको जनाइएको छ । आगामी बर्ष राष्ट्रिय स्तरको बाख्राको श्रोत केन्द्र स्थापना गर्ने बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापा (स्वस्तीक)ले बताए ।
