दशैंको मुखमा उदयपुरमा अटो दुर्घटनाः दुई जना घाईते

पूर्णपुष्टि, असोज २७
उदयपुरमा दशैंको मुखमा फुलपातिको दिन मंगलबार अटो दुर्घटना भएको छ । रौतापोखरीबाट फर्कदै गरेको प्र १–०५००१ ह ०१२० नम्बरको अटो आफै अनियन्त्रीत हुँदा दुर्घटना भएको हो । दिउँसो ३ बजेको समयमा जिल्लाको त्रियुगा नगरपालिकाअन्तर्गत रौता–गाईघाट सडक खण्डको हुँबास र रानीबाँस बीचको टर्निङमा अटो पल्टीदा दुई जना घाईते भएका छन् ।

घाईतेमध्ये एक जनाको टाउँको र अर्कोलाई दाँया हातमा चोट लागेको प्रहरी चौकी साउने खाँबुका इन्चार्ज नरबहादुर खत्रीले जानकारी दिनुभयो । हुँबासदेखि केही किलोमिटर तल १५ नम्बर टर्निङमा अटो सडकदेखि अनियन्त्रीत भई तीन कान्ला मुनी खसेको चौकी इन्चार्ज खत्रीले बताउनुभयो ।

घटना भएको आधा घण्टापछि मात्र खबर आएकाले प्रहरी जाँदा जाँदै घटनास्थलबाट स्थानीयले तत्काल अस्पताल पठाइसकेकाले घाइतेहरुको पहिचान नखुलेको बताइएको छ । स्रोतका अनुसार उनीहरुलाई बोलेरोमा राखेर जिल्ला अस्पताल उदयपुर ल्याइएको र त्यहाँ उपचार नहुने भएपछि बिराटनगर रेफर गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: