दशैंको मुखमा कोरोना प्रभावितलाई राहत वितरण

पूर्णपुष्टि, असोज २५ ।
त्रियुगा नगरपालिका वडा नं. १३ का कोरोनाभाइरस माहामारीवाट प्रभावित दैनिक ज्यालादारीमा आश्रित अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । त्यस्ता १ सय २४ घरधुरीका परिवारलाई आज एक समारोहकावीच राहत सामाग्री वितरण गरिएको हो । समाज सेवी समुहको समन्वयमा टेवा नेपाल धापाखेल ललितपुरको ३ लाख रुपैया आर्थिक सहयोगबाट स्थानीय त्रियुगा महिला कृषक समुहले राहत सामग्री वितरण गरेको हो ।

कार्यक्रमको अध्यक्षता संस्थाकी अध्यक्ष शसीकला चौधरीले गर्नुभयो भने प्रमुख अतिथि त्रियुगानगरपालिका वडा नं. १३ की वडाध्यक्ष पशुपति चौधरी, विषेश अतिथि समाज सेवी समुहका जिल्ला संयोजक विनोदकुमार कार्की हुनुहुन्थ्यो । अतिथिहरु साहारा कृषि सहकारी संस्थाका अध्यक्ष सिताराम चौधरी, चक्लावन्दी खेती प्रवद्र्धनका कार्यवाहकअध्यक्ष् ाभगवान सिंह चौधरी हुनुहुन्थ्यो ।

मन्तव्यको क्रममा प्रमुख अतिथि वडाध्यक्ष चौरधीले दशैको मुखमा वितरण गरेको राहत विपन्नलाई वरदान सरह भएको बताउनुभयो । उहाँले टेवालाई धन्यवाद दिनुभयो । मन्तव्यपश्चात जनसंख्याको आधारमा १५ दिनको लागी राहतखाद्यान्न सामाग्रीहरु ः चामल, दाल, खानेतेल, नुन र अन्य सामाग्रीहरु तरकारीको विउमास्क र सावुनवितरण गरिएको थियो । राहत प्रतिघर न्युनत्तम १५ देखीअधिकतम ४० केजीचामल र सोहीअनुसार अन्य सामाग्रीहरु दिइएको थियो । राहत पाएकोमा सहभागीहरुले दशैको मुखमा दिइएको यो राहत भगवान घरमा आए सरह भएको बताए । उनीहरुले ठूलो समस्या टरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: