
पूर्णपुष्टि, असोज ९ । मौसमविद्हरूले नेपालभर मनसुन अवधिकै भीषण वर्षाको सम्भावना औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक डा. विनोद पोखरेलका अनुसार केही स्थानमा चार सय मिलिमिटरसम्म वर्षा हुने सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गरी असोज ८ देखि १२ गतेसम्म सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले २७ जिल्लालाई उच्च जोखिमको सूचीमा राखेको छ, जसमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरू पर्दछन् ।
मौसमविद् गोविन्द झाले यो वर्षाले विपदको जोखिम निम्त्याउने सम्भावना भएकाले उच्च सतर्कता आवश्यक रहेको बताएका छन् । उनका अनुसार कृषि, यातायात र पर्यटन क्षेत्र बढी प्रभावित हुनसक्ने देखिन्छ । विभागको पूर्वानुमान अनुसार विहीबारदेखि आइतबारसम्म विभिन्न प्रदेशमा भारी देखि अति भारी वर्षाको सम्भावना छ । विशेषगरी मध्यपहाड र तराई क्षेत्रमा भारी वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्हरूले बिहीबारदेखि आइतबारसम्म उच्च सतर्कता अपनाउन सुझाव दिएका छन् । यस वर्षाले दशैंको मुखमा बाढी, पहिरो र डुबानको समस्या ल्याउने खतरा रहेको छ ।
हेर्नुहोस उच्च, मध्यम र न्युन जोखिममा परेको जिल्लाको सुचि

