
पूर्णपुष्टि/गाईघाट, असोज ४ ।
त्रियुगा नगरपालिकाले दशै अगाडि सामाजिक सुरक्षा भत्ता दिन नसक्ने भएको छ । जेनजी आन्दोलनको क्रममा कार्यालयमा तोडफोड र आगजनी हुँदा कम्प्युटर, फायल लगायतको डाटा हराएकोले सामाजिक सुरक्षा भत्ता वितरण गर्न नसक्ने अवस्था आएको मेयर बसन्त बस्नेतले पूर्णपुष्टिलाई बताएका छन् ।
नगरपालिकाबाट दशैंको मुखमा पाउदै आएको सामाजिक सुरक्षा भत्तामा धेरै बृद्धबृद्धाहरुको खुसी लुकेको छ । तर नपाउने खबरले उनीहरु निरास बनेका छन् । सामाजिक सुरक्षा भत्ता लिदै आएकाहरुले दशैं खर्चको रुपमा पर्खिरहेको थिए । नपाउने भएपछि दशैं खल्लो हुने भएको छ ।
