दशैं (कविता)

-सुष्मा राई
दशैंकाे
इतिहास छ
छुट्टै दर्शन छ
बेग्लै महिमा छ
आफ्नै रौनक छ ।
***
दशैंका
थुप्रै कथा छन्
अनगिन्ती व्यथा छन्
भिन्ना भिन्नै कथन छन्
प्रथक पृथक बिचार छन्
आ-आफ्नै अनुभव र अनुभूति छन् ।
***
दशैं
कसैलाई दशा रे
कसैलाई अवसर रे
कसैलाई व्यर्थको चाड रे
कसैलाई जीवन जीउँने आधार रे ।
***
दशैं
मेरो लागि
थकाइ मार्ने चौतारी हो
जमघट गर्ने अवसर पनि हो
सम्बन्ध नवीकरणको माध्यम हो
मिलन-सहिष्णुता प्रहसन गर्ने मञ्च हो
सार्थक जीवन जीउँन उर्जा भर्ने थलो हो ।
***

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
%d bloggers like this: