दशैं/कविता

टंकबहादुर आले मगर

शुभकामना
शुभकामना
शुभकामना
दशैंको कामना पुगोस्
सर्ब मनमनमा
शरद फुलेको रात छ
मनभरी हर्ष फक्रेर
फूलको सुबाससंगै मगमगावस्
मेरो शुभकामना !

परदेश देखि गाउँ फर्केका हसिलो मुहारसंगै
गाउँसम्म जाओस् मेरो शुभकामना
आमाको ओठभरी
बुबाको आँखाभरी
बारीको डिलमा कोपिला बन्दै गरेको
थुंगेफूल भरी पुगोस शुभकामना !

दशैं हुनेखानेका घरमा मात्रै होइन
हुँदा खानेको सम्म पुग्नुपर्छ
त्यो बोझ भएर होइन
बाध्यता भएर होइन
दुःखाई दिने भएर होइन
दशैं स्वीकार्य भएर पुगोस्
दशै सजिलो सहज भएर पुगोस्
यस्तैयस्तै,
मुरीमुरी टत्र्mयाए हजुहरु समक्ष
२०७४ सालको वडादशैको
हर्दिक शुभकामना
शुभकामना
मंगलमय कामना !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0