
सुनिल राई, गाईघाट
पूर्णपुष्टि माघ १८ । एभरेष्ट फुटबल क्लब सुनसरी दशौँ नारदमुनि थुलुङ स्मृति गोल्ड कपको सेमीफाइनलमा पुगेको छ । शुक्रबार बसाहास्थित नारदमुनि थुलुङ स्मृति रङ्गशालामा भएको अन्तिम क्वाटर फाइनल खेलमा न्यू त्रियुगा स्पोर्ट फुटबल क्लब सप्तरीलाई ० गोलको विरुद्ध १ गोल गर्दै एभरेष्ट फुटबल क्लब सुनसरी सेमिफाइनलमा प्रवेश गरेको हो ।
एभरेष्टका लागि जर्सी नम्बर ९ का आशिष चापागाईले ५८ मिनेटमा पेनाल्टी सुटआउट मार्फत गोल गरे । उनले पेनाल्टी सुटआउट मार्फत गरेको गोल नै जितका लागि निर्णायक बन्यो । यस खेलको म्यान अफ द म्याच एभरेस्टका जर्सी नम्बर ९ का आशिष चापागाई बने । त्रियुगालाई हराएर सँगै एभरेष्टले झापासँगको सेमिफाइनल भेट पक्का गरेको हो । भोलि सलहेश युवा क्लब सिराहा र बागमती युवा क्लब सर्लाहीबीच पहिलो सेमिफाइनल खेल हुनेछ ।
उपाधि विजेताले नगद रु. ५ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. २ लाख ५० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । गोल्डकप यही माघ २२ गतेसम्म सञ्चालन हुनेछ । नारदमुनि गोल्डकप उदयपुर जिल्लाको प्रतिष्ठित फूटबल प्रतियोगिता हो ।