Sunday, June 28News That Matters

दाउराको चिर्पट प्रहार गरि श्रीमतीको हत्या

पूर्णपुष्टि, कार्तिक २० गते ।
ओखलढुंगामा दाउरको चिर्पट प्रहार गरि श्रीमतीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । जिल्लाको सिद्धिचरण नगरपालिका–११ सोब्रु बस्ने कल्पना खड्का राईको हत्या गरेको अभियोगमा उनकै श्रीमान रामबहादुर राई पक्राउ परेको हो ।
उनलाई प्रहरीले शुक्रबार साँझ पक्राउ गरेको हो । रामबहादुरले मादक पदार्थ सेवन गरी श्रीमतीसँग सामान्य विवादमा दाउराको चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ । चिर्पटले हिर्काउँदा कल्पनाको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।