
उदयपुर, माघ २३ गते ।
उदयपुरमा दादुरा–रुवेला खोप अभियान दुई चरणमा संचालन हुने भएको छ । फागुन १ गतेबाट ३० गतेम्म संचालन हुने अभियान दुई चरणमा संचालन हुने भएको हो ।
जिल्लामा चार सय ९० खोप केन्द्रबाट ३३ हजार ५ सय ७८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ । अभियानमा ५ सय ३१ जना खोप दिने स्वास्थ्यकर्मी र ९ सय ६७ जना स्वयमसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
स्वस्थ्य कार्यालय उदयपुरको आयोजनामा विहिबार भएको संचारकर्मीहरुसँगको अन्तिरक्रिया कार्यक्रममा अभियानको बारेमा सार्वजनिक गरेको थियो ।
९ महिनादेखि ५ वर्ष मुनीका बालकालिकालाई मात्रै खोप लागाईने छ । फागुन १ गतेदेखि छ गतेसम्म कटारी नगरपालिका र उदयपुगढी र ताप्लि गाउँपालिकामा संचालन गर्र्ने भएको छ भने फागुन १५ गतेदेखि २० गतेसम्म त्रियुगा, चौदण्डिढी, बेलाका नगरपालिका र रौतामाई र लिम्चुङ्बुङ गाउँपालिकामा अभियान संचालन गर्ने स्वस्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले बताए ।
खोप लगाउन एक जना मात्रै छुट्दा ठूलो घाटा हुने भएकाले कोहि नछुट्न नहुने प्रमुख सुवेदले बताए । साविकका गाविसको वडालाई नै आधार मानेर अभियान संचालन गर्न तयार गरिरहेको उनले बताए ।
खोपमा कार्डको समेत व्यावस्था गरिएको छ । विभिन्न महत्वपूर्ण कामको लागि खोपको कार्ड खोज्न थालिएकाले पनि कार्डको व्यावस्था गरिएको खोप सुपरभाईजर चिरन्जिवी नेपालले बताए । बालबालिकाहरुलाई दुई वर्ष भित्र लगाईने खोप अहिलेसम्म ११ वटा रोगको मात्रै दिईदै आएको छ । आगामी वैशाखदेखि झाडापखालाको थपिएर १२ वटा रोगका लागि खोप लगाईने भएको उनले बताए ।

उयदपुरमा पोलियोको विरामी २ जना फेला परेको नेपालले बताए । प्रदेशमा पाँच सय ३१ जनामा पोलियोको संक्रमण देखा परेपनि उदयपुरमा २ जना मात्रै फेला परेको उनले बताए । खोप लगाएपछि जीवन भर रोगहरुको संक्रमणबाट बच्न सकिने छ ।
